२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ कोरोना संक्रमण फैलन नदिन गरिएको लकडाउनमा स्थानीय, प्रदेश र संघीय सरकारसंग हातेमालो गरेर राहत बाँड्दै हिडेको उद्योगी, ब्यवसायीहरुले अब यस्तै अवस्था रहे आफु राहत माँग्न हिड्नु पर्ने दिन आउन लागेको दमक उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य प्रकाश प्रशाँईले बताएकाछन् ।

कोरोना संक्रमणले भन्दा दिनहु आत्महत्या र दूर्घटनाले मानिसहरु अधिक ज्यान गुमाइरहेको भन्दै अब सामाजिक दुरी कायम राखेर ब्यापार ब्यवसाय खोल्ने सहज वातवरण बनाउनु पर्नेमा उनको जोड रहेको थियो । अन्यथा यसले विकराल अवस्था आउने तर्फ उनले सचेत गराए ।

एकातिर ब्यवसायीले पेट पाल्नका लागि राहत माग्न अवस्था छ अर्को तर्फ फेरी यस्तो अवस्थामा पनि राज्यले कर तिर भनेको प्रति उनले आपत्ती जनाए । हामी बाध्य भएर उद्योग तथा ब्यापार ब्यवसायको तालाचाबी सरकारलाई बुझाउनु पर्ने दिन आउछ, उनले भने ।

उनले अहिले कै अवस्थामा ब्यवसायीहरुबाट जबरजस्त कर लिने प्रयास गरिए धेरै ब्यवसायीहरु आत्महत्या गर्नु पर्ने अवस्थामा पुग्ने र यसले भयाभह अवस्था ल्याउन सक्ने भन्दै त्यसबाट सिर्जित हुने समस्याको सामधान सरकारले गर्न नसक्ने ठोकुवा गरे । ब्यापारी सडकमा आएको अवस्था राज्यले थेग्न नसक्ने हुनसक्छ, उनले भने ।

असारमा चाही कहाबाट पैसा ल्याएर तिर्नु कर ? अब ब्यवसायी नै राहत माग्दै हिड्ने अवस्था छ । यदि जबरजस्ती गर्ने हो भने बोरामा चाबी बटुलेर सरकारलाइ बुजाउन बाध्य हुन्छौ यसपछीको अवस्था के हुन्छ हेक्का रहोस ।

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Wednesday, 3 June 2020