२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीले कोरोना संक्रमणबाट बच्नका लागि लकडाउनको पालना गर्नुको विकल्प नभएको बताएकाछन् । उनले जनताको स्वास्थ्य सुरक्षामा सरकारले सबै उपाय अपनाउने र पहिलो प्राथमिकता नै कोरोना संक्रमण फैलन नदिनु भएको जनाउदै यस्तो बताएकाहुन् ।

आज झापाको कमल गाउँपालिका वडा नम्वर २ मा निर्माण हुनलागेको तोपगाछी खानेपानी वाटर सप्लाई कमल १ र २ को शिलान्यासमा बोल्दै मन्त्रि कार्कीले विदेशबाट आएका नेपालीहरुलाई क्वारेन्टाइनमा राखेर घर फर्काइने जनाए । नागरिकहरुलाई संक्रमणबाट बचाउन र यो रोग फैलन नदिन लकडाउन थप गर्ने अवस्था पनि आउन सक्छ, उनले भने ।

मन्त्रि कार्कीले शिलन्यास गरेको खानेपानी आयोजना निर्माण २८ महिनाभित्रमा सम्पन्न हुने जनाईएको छ । ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याकिं निर्माणकालागी ९ करोड ८४ लाख ११ हजार २४० रुपैयामा ठेक्का संझौता भएको जनाईएको छ । १ र २ नम्बर वडाका २ हजार १ सय परिवारले शुद्ध पानी पाउने पनि सो अवसरमा जानकारी गराईएको थियो ।