कमल गाँउपालिकामा कोरोना नियण्त्रणका लागि खटिएका स्वास्थ्यकर्मीहरुमाथि दूब्र्यवहार र अपशब्दको प्रयोग
दमक/ झापाको कमल गाँउपालिका वडा नं. ३ मा कोरोना संक्रमण रोकथामका लागि खटिएका स्वास्थ्यकर्मीहरुमाथि गौरीमान फागो सहितले दूव्र्यवहार गरेको भन्दै आकस्मिक बाहेकका सेवामा आफुहरु जान नसक्ने यहाँका स्वास्थ्यकर्मीहरुले बताएकाछन् ।
विना अनुमति क्वारेन्टाइन बनाएको, स्वास्थ्यकर्मीहरु वडा कार्यालयमा बसेको, क्वारेन्टाइनमा रहेकाहरुलाई बाहिर किन हेर्न दिएको भन्दै अपशब्द बोल्दै हप्काएको स्वास्थ्यकर्मीहरुले प्रेष बिज्ञप्ति जारी गर्दै जनाएकाछन् । उनिहरुले यस्तो अवस्थामा काम गर्न नसक्ने भन्दै सामुहिक रुपमा यसको जानकारी गाँउपालिकालाई पनि गराएकाछन् ।
यसैबीच गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले यस बिषयमा ध्यानकर्षण भएको बताउदै वडा न. ३ कार्यालयमा स्वास्थ्यकर्मीमाथि भएको दूब्र्यवहारप्रति खेद प्रकट गरेकीछन् । गाँउपालिकाको तर्फबाट प्रेष बिज्ञप्ति जारी गर्दै यस्तो अवस्थामा कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीको मनोवल उच्च राख्दै कर्मचारीको सुरक्षा र हितमा सदैब लाग्ने पनि काफ्लेले बिज्ञप्तिमा उल्लेख गरेकीछन्।
