‘बन्छ कि बन्दैन’ भन्ने अन्यौलताकै बीचमा शुरु भएको दमक भ्यू टावरको काम २० प्रतिशत पुरा
विष्णुप्रसाद पोखरेल
दमक/ दमक भ्यू टावरको निर्माणको काम २० प्रतिशत पुरा भएको जनाईएको छ । निर्माणमा खटिएका एक प्राविधिकका अनुसार अहिलेसम्म २० प्रतिशत काम पुरा भएको हो । लकडाउनको यो समयमा काम केहि समय रोकिएर फेरी आंशिक रुपमा शुरु भएको पाईएको छ ।
दमक ३ मा निर्माणाधिन भ्यू टावरलाई प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा महत्वपुर्ण सपनाको रुपमा हेरिएको छ । यो बहुआयमिक कमर्सियल भ्यू टावर निर्माणका लागि स्व. युवराज दाहाल महत्वपुर्ण भूमिका खेलेका थिए । दाहाल दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिेकृत तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि सचिब पनि भएका थिए ।
दमकमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले यो कर्मिसियल भ्यू टावरको नाम युवराज दाहाल भ्यू टावर राख्न पनि प्रस्ताव गरेका थिए । दमकको योजना र विशेष गरी भ्यू टावर बनाउन युवराज दाहालको योगदान अहिले पनि म समझन्छु, ओलीले निक्कै भावुक हुँदै भनेका थिए ।
‘बन्छ कि बन्दैन’ भन्ने अन्यौलताकै बीचमा काम शुरु भएको दमक भ्यू टावर २० प्रतिशत पुरा भएको हो । काठमाडौंको जेडसिजिआइजीसी आशिष ओम साइराम जेभीले १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा निर्माण गर्ने गरी सम्झौता गरेर काम अघि बढाएको हो । आगामी २०७८ पुष २७ गते निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख रहेको छ ।
५ बिघा क्षेत्रफलमा निर्माण भइरहेको भ्यू टावरसंगै यहाँ पार्क पनि बन्ने छ । २५ तला पक्की संरचना बन्ने त्यसमाथि थप ५ तलाको स्टिलको संरचना बन्ने बताईन्छ । यहाँ सपिङ कम्पलेक्स, रेष्टुरेण्ट, कार्यालयहरु रहनेछन् भने घुमघामका लागि आकर्षक पार्क बन्ने छ ।
