अहिलेसम्म खतरामुक्त दमक, २५० जनाको पिसिआर र २६१ जनाको आरडिटि रिर्पोट नेगेटिभ
विष्णुप्रसाद पोखरेल
दमक/ झापाका बिभिन्न नगरपालिका तथा गाँउपालिकामा कोरोना संक्रमण भेटिदै गएपनि शनिवारसम्ममा दमकमा नयाँ कोहिमा पनि कोरोना पोजेटिभ देखिएको छैन । यसभन्दा अघि दमकका एकजनामा कोरोना पोजेटिभ फेला परेकोमा उनि उपचारपछि घर फर्किसकेकाछन् ।
दमक नगरपालिका उपप्रमुख एवं प्रवक्ता गीता अधिकारीका अनुसार गत १६ र १७ गते दमकका सबै अस्पतालका फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा रहेका भारतबाट आएका दमकका मानिसहरु गरेर ४५ जनाको पिसिआर परीक्षण रिर्पोट नेगेटिभ आएको छ । कसैमा पनि कोरोना संक्रमण देखिएन, अधिकारीले भनिन् ।
अधिकारीका अनुसार हालसम्म २६१ जनाको आरडिटि र २५१ को पिसिआर परीक्षण भएको छ । एकजना वाहेक कसैमा पनि कोरोना संक्रमण नरहेको पाईएको छ । अहिले मदन भण्डारी कलेजको क्वारेन्टाइनमा र६ जना र मिस्ट कलेजमा रहेको क्वारेन्टाइनमा २६ जना रहेकाछन् ।
नगरपालिकाले जारी गरेको विज्ञप्तिमा लकडाउनको पालना गर्न र अत्यआवश्यक काम बाहेक घरबाहिर हिडडुल नगर्न पनि आग्रह गरिएको छ । नेपाल सरकारले जारी गरेको आदेशलाई पालना गर्नका लागि अनुरोध गरिएको छ । यद्यपी दमकमा लकडाउन अवज्ञा गर्ने क्रम बढ्दै गएको देखिएको छ ।
पालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ भने हालसम्म ३६५ जना उपचारपछि निको भएका छन्। पछिल्ललो २४ घण्टामा ३२ जना उपचारपछि निको भएर घर फर्केकाछन् । हालसम्म देशका ७० जिल्लामा संक्रमण देखिएको छ।
