२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

पंण्डित ज्योतिष चक्रपाणि गौतम

भनिन्छ तीखा कांडाका बीच सुन्दर गुलाव फूल्छ ,कठोर दा“तहरुका घेरामा रस आस्वादन गर्ने जीब्रो बसेको हुन्छ । डरलाग्दो भीरमा जीवनदायीनी सर्बोषधिरुपी शिलाजित टांसिएको हुन्छ । अर्थात अति उपयोगी चिजबीजहरु कठोर सुरक्षा घेरामा वसेका हुन्छन । तर आँक  यस्तो सुलभ र वहु उपयोगी वनस्पति हो जुन वनस्पति जताततै पाईन्छ तर प्रयोग भने गरिदैन । आँखा  कान ,यौन सम्बन्धि  धेरै रोगहरुमा प्रयोग हुने आँक भनें कठीन संघर्षले हैन सजिलै प्राप्त गर्न सकिन्छ । यसको प्रयोग गर्न जान्ने हो भने वास्तव मै अति उपयोगि पनि छ ।

आँकलाई संस्कृतमा मदार भनिन्छ यो वनस्पति सेतो रातो र एक काण्डयुक्त गरि तीन प्रकारको हुन्छ , आध्यात्मिक दृष्टिमा पवित्र मानिएको आंकको फूल, जरा , हाँगा र फल , बोक्रा सवैकुरा अध्यात्म साधना , वातावरण र स्वास्थ्य रक्षाका लागि उपयोगि छ ।
आँकको जरालालाई पानीमा पकाएर तयार गरिएका औषधी नेत्ररोगका लागि अति उपयोगि मानिन्छ ,अझ भन्ने हो भने त गृहस्थ जीवनमा आउने कलह अशान्ति र वाल बैधव्य दोषनिवारण र विवाह नै नगरि सन्यास ग्रहण गर्दा आँकसंगै विवाह गर्ने सम्मका शास्त्रविधिहरु छन ।

यति धेरै गुण भएको आँकको फल र यो फल भित्र हुने भुवा (रुवा)को यौन स्वास्थ्यमा चमत्कारिक उपयोगिता भएको आयुर्वेद ग्रन्थहरुले वर्णन गरेका छन । यसको पत्ताबाट जस्तै फलको बोक्राबाट पनि विषाक्त चोप निस्कन्छ । आयुर्वेद अनुसार आँकको चोप उपविषको श्रेणिमा पर्दछ । चोप मुखमा पर्यो भनें वमिट र वेचैनी बढदछ । तर सावधानी पूर्वक यस भित्रको रुवालाई निकालेर यौन उदाशीनता , यौन दुर्वलता ,ठिक गर्नु का साथै विर्यस्तम्भन र गर्भाधानमा पनि उपयोगी औषधी निर्माण गर्न सकिन्छ ।
आँकको रुवालाई तीलको तेलमा भिजाएर दम्पतिको शयनकक्षमा दैनिक दियो बाल्ने हो भनें त्यस दीयोको उर्जाले पनि यौन जीवन आनन्दप्रदायक हुन्छ भन्ने तन्त्रशास्त्रमा उल्लेख गरिएको छ ।