२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ अब कोहि पनि विपन्न परिवार घरवारह विहिन भएर बस्नु नपर्ने नेकपाका नेता एवं संविधान सभा सदस्य दीपक कार्कीले बताएकाछन् । गौरीगंज गाउँपालिकाका गरिब तथा विपन्न परिवारलाई संघ र प्रदेश सरकारले घर निर्माण गरिदिदै आएको छ । १८ वटा विपन्नहरुलाई आवासको शिलन्यास गर्दै कार्कीले यस्तो बताएकाहुन्।

यसैगरी प्रदेश नं. १ सरकारले गौरीगंज गाउँपालिकाको वार्ड नं. ४ मा ४ वटा, वार्ड नं. ३ मा १ वटा र संघिय सरकारले वार्ड नं. ३ मा ५ वटा, वार्ड नं. ५ मा ४ वटा कोही पनि गरिब परिवार घर विहिन बस्न नपरोस भन्ने सरकारको नीति अनुरुप गौरीगंजमा १८ वटा घर

निर्माण हुन लागेको बताए । विपन्न परिवार अरु पनि थुप्रै गौरीगंजमा रहेकोले उनीहरुलाई पनि सरकारले क्रमिकरुपमा घर उपलब्ध गराउने संविधान सभा सदस्य कार्कीले जानकारी गराएका थिए । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलाम मार्फत निर्माण हुन लागेको उक्त १८ वटा घर एक महिनाभित्र नै बनिसक्ने जनाईएको छ ।