दमकमा हदै लापरवाही ! आधारभूत सावधानी पनि नअपनाई भटाभट पसल खोल्दा कोरोना संक्रमणको उच्च जोखिम
मैले जे देखे त्यहि लेखे
विष्णुप्रसाद पोखरेल
दमक/ पछिल्लो समय दमक सहित झापामा नै लकडाउन अवज्ञा गर्ने क्रम बढेको छ । लामो समय भएको लकडाउनले गर्दा हैरान भएर हुनसक्छ पछिल्लो समयमा लकडाउनको अवज्ञा शुरु भएको छ । एकाति बैकको ब्याज तिर्नु पर्ने र अर्को तर्फ कर कार्यालयलाई कर । यो भएर पनि हुनसक्छ शुरुवात देखि नै लकडाउन पालना गर्दै आएका ब्यवसायीले पनि पसल तथा ब्यापार ब्यवसाय खोल्न थालेकाछन् ।
दमकका अधिकाँश पसल तथा ब्यापार ब्यवसाय खुला छ । अघोषित रुपमा लकडाउन अवज्ञा गर्दै ब्यापारीहरुले ब्यवसाय चलाएकाछन् । तर अधिकाँश ठाँउमा न ह्याण्ड सेनिटाइजरको ब्यवस्था छ त साबुन पानीले हात धुनेका लागि नै वेवास्था गरिएको छ । झापामा डेढ सय कोरोना संक्रमित भेटि सकेको अवस्थामा पनि हेल्चेक्राई धेरै रहेको छ ।
दमक नगरपालिका र दमक उद्योग बाणिज्य संघले बारम्बार रुपमा आधारभूत न्यूनतम सावधानी अपनाउनका लागि आग्रह पनि गरेको छ । तर ब्यापारीहरुले टेरेको पाइदैन । हामीले सावधानी अपनाएर र कोरोना संक्रमणबाट बच्न र बचाउने तरिकाले ब्यवसाय शुचारु गर्न ब्यवसायीलाई भनेकाछौ, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ भन्छन् ।
एकजना ब्यवसायीमा कोरोना संक्रमण भएको अवस्थामा र सावधानी नअपनाएको अवस्थामा यस्ले कस्तो रुप लिन सक्ला ? यस विषयमा पुर्व सावधानी अपनाउन जरुरी छ । भौतिक दुरी कायम राखेर किनमेल गर्न आवश्यक रहेको छ । एकले अर्कालाई छोएको अवस्थामा मज्जाले साबुन पानी हात धुन आवश्यक रहेको छ । यो विधि आखिर किन अपनाउन नसक्ने ?
सिमाबाट नेपालीहरु आइरहेको र भारतबाट आएकाहरुमा कोरोना पोजेटिभ देखिरहेको अवस्थामा उच्च सावधानी अपनाउनु पर्ने अवस्था रहेको छ । अन्यता भोली समुदाय स्तरसम्म कोरोना संक्रमण फैलने त्रास र भय रहन्छ । ब्यवासायीहरुले पनि यसमा ध्यान दिने हो की ?
