२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ दमक र कमल गाँउपालिकालाई मुख्य केन्द्र विन्दु बनाएर लायन्स क्लव मार्फत सामाजिक अभियानमा जुटेका लायन्सकर्मी लिडरहरुले नयाँ जिम्मेवारी पाएकाछन् ।

दमकको सबैभन्दा पुरानो क्लव लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका अध्यक्ष मनोज अग्रवाल, लायन्स क्लव अफ लखनपुरका अध्यक्ष ज्ञानु पौड्याल, लायन्स क्लव अफ स्वीट सिटीका संसथापक अध्यक्ष विश्वासकुमार काश्यप र लायन्स क्लव अफ बिगबुद्धका दिवस राईले जोन चियर पर्सनको जिम्मेवारी पाएकाहुन् ।

लायन्स क्लव अफ इन्टरनेशल ३२५ ए वानका इलेक्टेट गर्वनर टंकबहादुर श्रेष्ठले अबको एक बर्ष लायन्स क्लवलाई चलयमान बनाउनका लागि आफ्नो कार्यकाललाई सफल बनाउन जोन चियर पर्सनको जिम्मेवारी उनिहरुलाई दिएकाहुन् ।

पछिल्लो समयमा दमक पुर्वमा लायन्स अभियानको हव बन्दै गएको छ । क्लवहरुलाई सक्रिय बनाउनका लागि जोन चियर पर्सनको महत्वपुर्ण भूमिका रहन्छ ।