२०७७ फाल्गुन १३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ९ महिना अगाडि

दमक/ झापा दमकको सबैभन्दा पुरानो लायन्स क्लवको रुपमा रहेको लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको नयाँ नेतृत्व चयन भएको छ ।

अध्यक्ष दीनेश अग्रवाल, प्रथम उपाध्यक्षमा अशोक चौधरी, द्वितिय उपाध्यक्षमा तुलसी दंगाल र तृतीय उपाध्यक्षमा डा. सुर्यनारायण शाह चयन भएकाछन् ।

यसैगरी सचिबमा नेत्र चम्लागाई र कोशाध्यक्षमा भगवान बस्नेतले जिम्मेवारी पाएकाछन् । यस क्लवका बर्तमान अध्यक्ष मनोज अग्रवाल जोन चियर पर्सन भएकाछन् ।

एक महिनापछि देखि नयाँ नेतृत्वले आफ्नो कार्यकाल शुरु गर्ने जनाईएको छ । पछिल्लो समय दमकमा लायन्स क्लवहरु खोल्नु क्रम बढ्दै गएको छ ।