झापामा आज ३ जनामा कोरोना पोजेटिभ पुष्टि, देशभर २ सय ५०
झापा । झापाको कचनकवल सहित देशभरमा बिहीबार २५० जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बिहीबार झापाका तीनसहित देशभर २५० जना संक्रमित थपिएको जानकारी दिएका हुन्।
संक्रमितहरु भेटिएका जिल्लाको संख्या ७२ पुगेको छ। हालसम्म संक्रमितको संख्या ४ हजार ६ सय २२ पुगेको जानकारी आज अपरान्ह देवकोटाले दिएका छन्।
