निर्दयी काल ! दमकमा करेन्ट लागेर एक वालकको ज्यान गयो
दमक/ झापाको दमकमा हिजो अपरान्ह एक वालकको करेन्ट लागेर ज्यान गएको छ । अर्जुनधारा ८ शनिश्चरे बजारस्थित सुर्तीहट्टीका १४ वर्षीय आयुष राईको बिहीबार दिउँसो करेन्ट लागेर दमकमा निधन भएको हो ।
एल्मुनियमको सामान लिएर साथीसँगै दमक गएका उनको सडक किनारमा रहेको बिजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।
गाडीबाट सामान झार्ने क्रममा एल्मुनियमको रडले बिजुलीको तारमा छोएको प्ररीको भनाई छ । दमक ८ स्थित एक घरको सामान पुराउन गएको बेला बिहीबार दिउँसो ३ः५० बजे घटना भएको थियो ।
(तस्विर न्यूजसञ्जाल अनलाईनबाट साभार गरिएको हो )
