२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

सरकारले जोर दिन जोर नम्बर र बिजोर दिन बिजोर नम्बरका निजी सवारी चल्न दिने भएको छ ।

मन्त्रिपरिषदको बुधबारको निर्णयअनुसार प्रहरीले जोर दिनमा जोर र बिजोर दिनमा बिजोर नम्बरका सवारी साधन चल्न दिने बताएको हो । यो व्यवस्था भोलि (शुक्रबार) देखि नै लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ ।

उपत्यकाका काठमाण्डु, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा आवत जावत गर्न सकिने भए पनि अन्य जिल्लाका हकमा भने अर्को जिल्ला जान पाइनेछैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले भोलिदेखि जोर बिजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्न दिइने बताए ।

उनले दुई पाङ्ग्रेमा एक र चार पाङग्रेमा तीन जनाभन्दा बढीले यात्रा गर्न नपाइने उल्लेख गरे ।