दमकमा अटेर गरेर समयसिमा बाहिर पसल खोल्नेलाई प्रहरीले शुरु गर्यो कार्वाही
दमक/ स्थानीय रुपमा विहान ८ बजेदेखि २ बजेसम्म पसल खोल्न स्थानीय सरकार तथा जिल्ला समन्वय समिति झापाले गरेको अनुरोधको अवज्ञा गर्नेलाई इलाका प्रहरी कार्यालयले कार्वाही शुरु गरेको छ । पक्राउ गरेर लगेर प्रहरी कार्यालयमा उभ्याउन थालेको जनाईएको छ ।
तोकिएभन्दा फरक पसल खोल्ने र तोकिएको समयभन्दा बाहिर खोल्नेहरुलाई कार्वाही शुरु गरेको बताइन्छ । दमकमा लकडाउनको पालना नभएको बारम्बार कुरा उठ्दै आएको छ, । लकडाउन पालना गराउन र सरकारको निर्णय अनुसार बाहेकका पसल खोल्दा प्रहरीले एक्सन लिन थालेको बताईन्छ ।
