होस गरौ-सचेत बनौ, अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना पोजेटिभ आज भेटियो
काठमाडौं, ३० जेठ । कोरोना संक्रमणदर बढेको छ । नेपालमा एकैदिन ४ सय ४८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ४८ जना नयाँ कोरोना संक्रमित थपिएकाछन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । हालसम्म ८ सय ७७ जना स्वस्थ भएका छन् । जसमा ९१ जना महिला र ७ सय ८६ ना पुरुष रहेका छन् । सचेत र सावधानी अपनाउन आवश्यक छ ।
