२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको गौरीगन्जमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा कचनकवलपछि सबैभन्दा बढि कोरोना संक्रमित हुने गौरीगन्जमा रहेकाछन् । पछिल्लो सार्वजनिक विवरण अनुसार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसमा ३ जना भने निको भएर घर फर्केकाछन् । ४१ जनाको स्वाब परीक्षणका लागि लगिएका मध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ । उनिहरु खजुरगाछी माविको क्वारेन्टाइनमा रहेका थिए ।