२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको वास्तविक भूगोल समेटेर नक्सा सार्वजनिक भएपछि निशान छाप परिमार्जनका लागि सरकारले अघि बढाएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि यो ऐतिहासिक दिन भएको बताएकाछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएकाहुन् । उनले लेखेकाछन्-

इतिहासमा एक अर्को दिनपनि जरुर आउने छ, कालापानीबाट भारतीय सैनिक फिर्ता गर्दै लिम्पियाधुरा,लिपुलेक र कालापानीमा नेपालको हक स्थापित गर्ने !

आज नक्सा पारित भएको छ,हामी सबै नेपालीलाई बधाई l रास्ट्रीयताको पक्षमा आज प्रस्तुत रास्ट्रीय एक्यवद्धता दुरगामी रुपले अत्यन्तै महत्त्वपूर्ण छ l