२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ राष्ट्रियताको पक्षमा देखिएको एकताले नेपाल र नेपालीको शिर गौरबले उठेको प्रतिनिधि सभा सदस्य महेन्द्रकुमारी लिम्बुले बताएकीछन् । संसदबाट लिपुलेक, लिपियाधुरा, कालापानी समेटिएको नक्शा पारित गर्न मतदान गरेपछि सांसद लिम्बुले यस्तो बताएकीहुन् ।

अब कुटनितिक पहल मार्फत सर्वदलीय एकताका साथ सरकार अगाडि बढने आशा र अपेक्षा समेत गरिएकोछ, लिम्बुले भनिन् । नेपाली काँग्रेसकी नेतृ समेत रहेकी लिम्बुले यो ऐतिहासिक दिन भएको पनि उल्लेख गरेकीछन् ।