झापा सताक्षीधामकी एक महिला जसमा देखियो कोरोना पोजेटिभ, उनको श्रीमानको कोरोनाका कारण नै मृत्यु
कोरोनाको लक्षण हुन सक्ने भन्दै परिवारले संक्रमितका श्रीमान्लाई दिल्ली स्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए । नेपालको संम्वत् अनुसार जेठ २५ गते उनेको भारतको दिल्ली स्थित एक अस्पतालको आईसोलेसनमा देहान्त भयो । उनलाई पनि कोभिड १९ भाईरसको संक्रमण भएको रहेछ । मृत्यु हुन पुर्वनै उनको स्वाब संकलन गरिएको थियो । मृत्यु भएपछि मात्र पीसीआर पोजेटिभ आएको पारिवारीक श्रोतले बताएको छ ।
शिवसताक्षी/ झापाको शिवसताक्षी स्थित झरना प्राविको क्वारेन्टिनमा रहेकी एक महिलामा कोरोना भाईरसको संक्रमण भएको पुष्टी भएको छ । स्वास्थ्य कार्यालय विराटनगर को प्रयोगशालामा शनिवार ती महिलाको पीसीआर परिक्षण भएको थियो । उनको बिहीबार स्वाब संकलन भएको क्वारेन्टिनका स्वास्थ्य संयोजक रोशन अधिकारीले बताए ।
संक्रमित महिला भारतको दिल्लीबाट २७ गते नेपाल आएकी हुन् । उनी संगै नेपाल आएका अन्य दुई आफन्तको कोरोना नेगेटिभ भएको अधिकारीले वेलकम सताक्षीलाई बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती महिलामा कोरोना भएको स्वतन्त्र रुपमा पुष्टि गरेका हुन् ।
यस्तो थियो संक्रमणको आशंका
कोरोना पुष्टी भएकी महिला भारतको दिल्लीमा श्रीमान् संगै बस्दै आएकी थिइन् । उनिहरुको चैत्र ८ गते नेपाल आउने तयारी थियो । तर, नेपाल आउने चाँजोपाँजो मिलाउदै गर्दा भारतमा लकडाउन सुरु भयो । जस्का कारण नेपाल आउने तयारी बिचैमा रोकियो ।
संक्रमित महिला परिवार संगै दिल्लीमा बहालमा बस्ने गरेको खुल्न आएको छ । दुईकोठा मध्ये एउटा कोठामा आफन्त र अर्को कोठामा श्रीमान्— श्रीमती बस्ने गर्थे । जेठ ४ गते श्रीमान्लाई हनहनी ज्वरो आएको थियो । उनका श्रीमान्ले सामान्य होला भनेर चिकित्सकको परामर्स बिनै ज्वरो घट्ने औषधी सेवन गरेका थिए । ज्वरोले शरीर तातिएपछि जुटको बोरा भिजाएर त्यसैमा सुत्ने गर्थे उनका श्रीमान् । श्रीमती पनि संगै हुन्थीन् । ज्वरो आईरहेपनि उनि ३ दिन सम्म कोठामा यसरी नै सुतिरहेका थिए । लगातार ज्वरो आईरहेपछि उनलाई स्वासप्रस्वासमा समेत समस्या देखिन थालेको उनका आफन्तले बताएका छन् । अस्पताल जानु पुर्व सुख्खा खोकी पनि लागेको थियो ।
कोरोनाको लक्षण हुन सक्ने भन्दै परिवारले संक्रमितका श्रीमान्लाई दिल्ली स्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए । नेपालको संम्वत् अनुसार जेठ २५ गते उनेको भारतको दिल्ली स्थित एक अस्पतालको आईसोलेसनमा देहान्त भयो । उनलाई पनि कोभिड १९ भाईरसको संक्रमण भएको रहेछ । मृत्यु हुन पुर्वनै उनको स्वाब संकलन गरिएको थियो । मृत्यु भएपछि मात्र पीसीआर पोजेटिभ आएको पारिवारीक श्रोतले बताएको छ ।
यस्तो थियो ट्राभल ‘ हिष्ट्री ’
संक्रमित महिला सहित उनका आफन्तलाई अस्पतालले मृत्युको खवर सुनायो । केहि बेरमा दिल्ली स्थित नेपाली दुतावासले उनिहरुलाई भारतिय एमुलेन्समा नेपाल फर्काईदियो । एमुलेन्समा संक्रमित महिला सहित अन्य २ जना आफन्त संगै आएका थिए ।
नेपाल भारतको सिमाना जोगवनीमा आइपुगेपछि उनिहरुलाई शिवसताक्षी नगरको एमुलेन्सले रिसिभ गरेको थियो । एमुलेन्समा आएकाले नै घटना क्रम एमुलेन्स चालक सहित झरना क्वारेन्टिनको व्यवस्थापन पक्षलाई बताएपछि उनिहरुलाई विराटनगर हुदै शिवसताक्षीको झरना क्वारेन्टिनमा सतर्कता अपनाउदै ल्याएको थियो ।
संक्रमित संगै नेपाल आएका दुई जनाले दिल्लीबाटै सतर्कका साथ आएको बताए । उनिहरुले भने, ‘हामी संग कसैको पनि संपर्क भएको छैन । दिल्लीमा रहदा पनि हामी कोठा बाहिर निस्किएका थिएनौ । हामि संगै आएकी महिलाको पोजेटिभ हुनु । हाम्रो नेगेभिट रिपोर्ट आउनु । अचम्म भयो । एमुलेन्समा आउदा संगै आएका हौं । झरना क्वारेन्टिनमा बस्दा पनि संगै बसेका थियौं ।’ उनिहरुको पारिवारीक नाता गोप्य राखिएको छ ।
लापारवाहीको नमुना
श्रीमान्लाई ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि बेलैमा अस्पताल भर्ना गरिएको भए मृत्युको मुखमा पुग्नु नपर्ने स्वास्थ्य कर्मीले आँसका गरेका छन् । कोरोना कोभिड १९ को मिल्दो जुल्दो लक्षण देखिन थाल्नु पुर्वनै चिकित्सकको परामर्स र उच्च सतर्कता नअपनाएका कारण श्रीमान्को मृत्यु र श्रीमतीमा कोरोना संक्रमण देखीएको हुन सक्ने अनुमान छ । दिल्लीबाट संगै आएका मध्ये दुई जनामा कोरोना भाईरसको संक्रमण नभेटिनु को मुख्य कारण उच्च सतर्कता नअपनाउनु नै मुख्य कारण हो । एमुलेन्समा संगै आएपनि व्यत्तिगत दुरी कायम नै रहेको दिल्लीबाट आएका मध्ये एकले बताए ।
सुरक्षा सतर्कता कडा
शिवसताक्षीको झरना प्राविको क्वारेन्टिनमा कोरोना संक्रमित देखिएपछि त्यहाँ मानविय स्वास्थ्य सुरक्षा कडा पारिएको छ । सर्वसाधरणलाई क्वारेन्टिनमा आउन प्रतिवन्ध लगाइएको छ । दिल्ली बाट आएका मध्ये दुई जनालाई रेड जोनमामा राखिएको छ । अन्य सर्वसाधरण बसेको क्वारेन्टिन र उनिहरु बसेको क्वारेन्टिनको दुरी ५० मिटर बनाइएको क्वारेन्टिन व्यवस्थापनका संयोजक दिपक तामाङ्गले बताए ।
झरनाको क्वारेन्टिनमा १ महिला सहित ७ जना छन् । महिला कुवेतबाट आएकी हुन भने अन्य ६ पुरुष भारतका बिभिन्न ठाँउबाट आएका हुन् । वेलकमसताक्षीधाममा विनोद सापाकोटाले यो समचार लेखेकाछन् ।
