२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले सरकारले परीक्षणको दायरा बढाईरहेको जनाउदै यस्तो अवस्थामा भ्रमको खेती नगर्न आग्रह गरेकाछन् । असहज र कठिन परिस्थितिमा पनि सरकार जनताको साथ लिएर महामारी विरुद्ध लड्दै छ,अनावश्यक भ्रमको खेती नगरौं, उनले भनेकाछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेकाछन-

जनसंख्याको अनुपातको आधारमा दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल कोभिड १९ को पि.सि.आर.माध्यमबाट परिक्षण गर्नेमा अगाडी छ। केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा सिमित संख्यामा मात्र परिक्षण गर्ने ल्याब रहेको अवस्थाबाट प्रतिदिन नै हजारौं संख्यामा परिक्षण गर्न सक्ने गरि सातै प्रदेशमा ल्याबहरु स्थापना गरेर परिक्षणको दायरा यो स्तरमा फराकिलो बनाउनु सामान्य कुरो होइन।

१ न प्रदेशमा समेत ३ ओटा ल्याब मार्फत तिब्र परिक्षण भैरहेको छ भने थप २ स्थानमा ल्याब स्थापनाको काम अन्तिम चरणमा पुगेको अवस्था छ। दैनिक हजारौंको संख्याको परिक्षण क्षमतामा हाम्रो प्रदेश नै पुग्दै छ।असहज र कठिन परिस्थितिमा पनि सरकार जनताको साथ लिएर महामारी विरुद्ध लड्दै छ,अनावश्यक भ्रमको खेती नगरौं कोरोनामा राजनीति नगरौं…..