धनिपुर्जा प्राप्त भयो , महत्वपूर्ण आधार तयार भयो अब भोगचलनका निम्ती फेरि एकताबद्द होऔं, अबश्य प्राप्त गरिन्छ-हिक्मत कार्की
दमक/ प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीले नक्सामा आएको जग्गा अब भोगचलन गर्न एकबद्ध हुने समय आएको बताएकाछन् । नक्सामा मात्र भूमि राखेर नहुने र भोगचलन गर्नु पर्ने आवाज आएको भन्दै कार्कीले यस बिषयमा यस्तो बताएकाहुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-
नेपालको नयाँ नक्सा बारे केहि मित्रहरुले यो त केवल धनीपुर्जा मात्रै हो,भोगचलन चै कैले नि भन्ने प्रश्न उठाउनु भएको छ। प्रश्नका लागी धन्यवाद मित्रहरु तर बिबादित बनाईएको जग्गाको धनिपुर्जा नै नभै भोगचलनको मात्रै कूरा उठाउनुको अर्थ रहदैन। धनिपुर्जा हिजो प्राप्त भयो , महत्वपूर्ण आधार तयार भयो अब भोगचलनका निम्ती फेरि एकताबद्द होऔं, अबश्य प्राप्त गरिन्छ । धन्यबाद ।
