भोलीदेखि दमक बेलुका ५ बजेसम्म खोल्न माग, ५ बजेपछि पुर्ण रुपमा बन्द
विष्णुप्रसाद पोखरेल
दमक/ दमक उद्योग बाणिज्य संघले सरकारले तोकेका पसल तथा ब्यवसायहरु साँझ ५ बजेसम्म खुला रहने र त्यसपछि पुर्ण रुपमा बन्द हुने जानकारी दमक नगरपालिकालाई गराएको छ । पसल तथा ब्यवसाय शुचारु भएपनि कति समयसम्मका लागि खुला रहेको भन्ने ब्यापारीहरुलाई अन्योल रहेको थियो ।
असार ३ गतेदेखि प्रत्येक दिन बेलुकी ५ बजेसम्म नेपाल सरकारले तोकेका पसल ब्यवसाय खुला रहने र बेलुकी ५ बजेपछि पुर्ण रुपमा बन्द रहने ब्यवहोरा नगरपालिकालाई पनि गराएका छौ र बिज्ञप्ति मार्फत ब्यापारी ब्यवसायीलाई पनि आग्रह गरिएको छ, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार बढ्दो संक्रमणलाई ध्यान राख्दै स्वास्थ्य सुरक्षाको अधिकतम उपायहरु अपनाएर पसल तथा ब्यवसाय शुचारु गर्नका लागि भनिएको छ । भौतिक दुरी अपनाई, हातधुने ब्यवस्था, सेनिटाइजर, मास्कको प्रयोग गरेर पसल तथा ब्यवसाय खोलिने जनाईएको छ ।
बाणिज्य संघले स्वास्थ्य सावधानी तथा सुरक्षाविधि अपनाए नअपनाएको सम्बन्धमा अनुगमन तथा निरीक्षण गर्न पनि नगरपालिकालाई आग्रह गरिएको छ । श्रेष्ठका अनुसार सुरक्षा उपाय नअपनाउने पसल तथा ब्यवसायलाई कार्वाही भएमा त्यसमा संघको समर्थन रहने छ ।
