दमकको एक घरबाट डेढ लिटर दुध चोरी, चोरीमा २ जना संलग्न
दमक/ झापाको दमकमा एउटा अचम्म लाग्दो चोरी भएको छ । चोरले जम्मा डेढ लिटर दुध चोरेर लगेको छ । दमकको फर्निचर लाइनमा एक घरमा दुधवालाले ल्याएर बट्टामा राखिदिएको दुध दुइ जना युवाले चोरेर लगेकाहुन् ।
उक्त चोरीको भिडियो प्रभावकारी न्यूजलाई प्राप्त भएको छ । जहाँ उक्त दुध चोरेर लैजाने युवाहरुको अनुहार प्रष्ट देखिन्न । दुधको बट्टा बोकेर केहि उत्तर लागेका उनिहरु झुकझुक हुँदै फेरी दक्षिण लागेको देखिन्छ ।
मानिसहरु यति सानो कुरा समेत चोर्न तयार हुनु र चोरिनुको घटनाले हाम्रो समाज कतातर्फ उन्मुख भइरहेको छ भन्ने बुझ्न सकिन्छ । यो विहानपखको घटना भएको बताइन्छ ।
हैट ! दमकको फर्निचर लाइनमा बट्टाको दुध यसरी भो चोरी । हेर्नु होस लाइभ भिडियो
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Wednesday, 17 June 2020
