२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकस्थित नयाँ शब्जि बजारमा कोरोना संक्रमणको जोखिम रहेको बताईएको छ । यहाँ न ब्यापारी न उपभोक्ताले आधारभूत स्वास्थ्य सावधानी समेत नअपनाएको देखिन्छ । भारतीय शब्जि आउने क्रम रोकिएको छैन । कोरोना संक्रमणको महामारी फैलिरहेको भारतबाट आएको शब्जि तथा फलफुल नै यहाँ धेरैजसो विक्री हुन्छ ।

अनिवार्य रुपमा स्वास्थ्य सावधानी अपनाउने शर्त सहित शब्जि बजार खुलेको थियो । तर अनुगमन नहुँदा अहिले यहाँ स्वास्थ्य सावधानी अपनाएको पाईदैन । पसलहरु अगाडि न हाँत धुने पानीको ब्यवस्था रहेको न त ह्याण्ड सेनिटाइजर नै राखेको पाईन्छ । यस बिषयमा अनुगमन गर्ने की ?