२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा लब्ध प्रतिष्ठित मानिएका ब्यापारीहरुले नै कालोबजारी गर्ने गरेको र एउटा सामान किन्दा अर्को पनि किन्न दबाब दिने गरेको खुलासा भएको छ । एक उपभोक्ताले गरेको सिकायत पछि दमक बजार अनुगमन समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष भीम पौड्याल सहितको टोलीले यस बिषयमा चासो पनि प्रकट गरेको छ ।

उपभोक्ताले लगेको अण्डामा सिकायत आएको हो । कतिपयले यसलाई नक्कली अण्डा पनि भनेकाछन् । भारतमा भने नक्कली अण्डाको विक्री हुँदै आएको बताईएपनि नेपालमा अहिलेसम्म नक्कली अण्डा आएको प्रमाणित नभएको पाईएको छ । कतिपयले यसलाई नक्कली अण्डा पनि भनेकाछन् ।

दमक बजार अनुगमन समितिका संयोजक पौड्यालका अनुसार यसलाई ल्याव परीक्षण गर्ने तयारी भएको छ । दमक नगरपालिकामा प्रारम्भिक रुपमा हेर्दा बिग्रिएको अण्डा भएको हुनसक्ने पाएको पनि उनले जनाएकाछन् । यस्तो अवस्थामा उपभोक्तालाई गुणस्तरहिन अण्डा वा नक्कली अण्डा बिक्री भएको पाईए अब कार्वाही हुन्छ, उनले भने ।

विश्व स्वास्थ्य सङ्गठन भन्छ, ‘अन्डालाई उत्पादन भएको मितिले २१ दिनभित्र खाइसक्नुपर्छ ।’ अनि २१ दिनभित्र खाने अन्डालाई पनि कम्तीमा ४ देखि बढीमा १८ डिग्री सेन्टिग्रेड तापक्रममा बाकसभित्र फ्रिजमा राख्नुपर्छ । त्यस्तै मानव स्वास्थ्यमा काम गर्ने अर्को सम्मानित संस्था एफडीएले पनि अन्डालाई १० देखि १३ डिग्री सेल्सियस तापक्रममा राखेर उत्पादन मितिले अधिकतम २८ दिनमा खाइसक्नुपर्ने भनेको छ ।

यदि गुणस्तरीय अन्डा खाइएन भने मानव स्वास्थ्यलाई गम्भीर असर गर्न सक्छ । यसले फुड प्वाइजनिङ, झाडावान्ता हुने, ज्वरो आउने, पेट दुख्ने आदि समस्या आउन सक्छ । यसको असर तुरुन्तै नभएर १२ देखि ७२ घण्टासम्ममा देखापर्छ । तर पनि यसमा अनुगमन र नियन्त्रण हुन सकेको छैन ।