२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

भद्रपुर । झापामा बिहीबार थप दुई जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । हल्दिवारी गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए । सङ्क्रमित दुवै महिला कुवेतबाट आएका हुन् ।

सरकारले उद्धार गरी ल्याएका उनीहरू जेठ २९ गते नेपाल फर्किएका थिए । त्यसपछि उनीहरू झापा घर हल्दिबारी आएका हुन् । हल्दिबारी २ स्थित क्वारेन्टाइनमा बसेका ५ महिला जना महिलाको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि पठाएकोमा दुई जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको उनले बताए । योसँगै हल्दिबारीमा सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । झापामा भने सङ्क्रमितको सङ्ख्या १८२ पुगेको हो ।