२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा पछिल्लो पटक आज एक जनामा कोरोना संक्रमण भेटिएको छ । अपरान्ह आएको पिसिआर परीक्षणमा यो देखिएको हो । ३१ जनाको पिसिआर परीक्षणमा ३० जनाको नेगेटिभ आएको र १ जनाको पोजेटिभ आएको दमक नगरपालिकाले पुष्टि गरेको छ ।

विहानै देखि दमकमा ४/५ जनामा जनामा कोरोना पोजेटिभ देखिएको भन्दै हल्ला फिजाईएको थियो । कोरोना पोजेटिभ भेटिएपछि एम्बुलेन्समा मानिसहरु हालेर लगिएको भन्द्र अफावाह फैल्याईएको पाईएको हो । नगरपालिकाले साँझ बिज्ञप्ति जारी गर्दै १ जनामा मात्र कोरोना पोजेटिभ रहेको स्पष्ट पारेको छ ।

दमक नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक बद्रि बरालका अनुसार थप १ जनामा मात्र कोरोना पोजेटिभ पुष्टि भएको हो । यो संगै दमकमा कोरोना संक्रमित हुनेको संख्या जम्मा २ पुगेको छ । एकजना निको भएर घर फर्किसकेकाछन् ।

नगरपालिकाले बिज्ञप्ति जारी गर्दै नगरपालिकाले यस बिषयमा आधिकारीक जानकारी दिने जनाउदै अफावाहको पछि नलाग्न बारम्बार नगरबासीलाई सुचित गर्दै आएको छ । नगरपालिकाले नियमित रुपमा कोरोना सम्बन्धित जानकारी पनि गराउदै आएको छ ।