दमकमा आएकै हो त नक्कली अण्डा ? ल्याव परीक्षणको माग
विष्णुप्रसाद पोखरेल
दमक/ झट्ट सुन्दा अचम्म लाग्छ नक्कली अण्डा पनि हुन्छ र ? तर सामाजिक सञ्जाल र युट्युवहरुमा हेर्दा नक्कली अण्डाबारे थुप्रै कुराहरु भेटिएकाछन् । दमकमा पनि नक्कली अण्डा भेटिएको चर्चा शुरु भएको छ । बिग्रिएको अण्डा हो की नक्कली अण्डा हो भन्ने निक्र्योल भने निस्किएको छैन ।
एक प्रहरी अधिकृतले घरमा बच्चालाई ख्वाउन लगेको अण्डा फुटाउदा र पकाउदा फरक पाएपछि इलाका प्रहरी कार्यालय दमकमा यस बिषयमा जानकरी भयो । त्यसपछि दमक नगरपालिकाको अनुगमन समितिमा पनि तत्काल खबर भयो । अनुगमन समितिका संयोजक भीम पौड्याल, दमक नगरपालिकाका शाखा अधिकृत यज्ञराज निरौला सहित प्रभावकारी न्यूजको टोली उक्त घरमा पुग्यो र अण्डा फुटाएर पनि हेर्यो । दमककको खाद्य प्रयोगशालाका प्राविधिकहरु पनि त्यहाँ पुगेका थिए । उनिहरु पनि उक्त अण्डा देखेर अचम्मित बने ।
यो अण्डा खानाका लागि चाहि योग्य छैन अन्य बिषयमा ल्याव परीक्षण नगरी भन्न सकिन्न, उनले भने । त्यसपछि उक्त अण्डा किनिएको पसल र ति पसलले ल्याएको ठाँउबाट समेत नगरपालिकाले अण्डाको नमुना संकलन गरेर ल्याएको जनाईएको छ । दमक नगरपालिकामा नगर प्रमुख रोमनाथ ओली सहितले पनि अण्डा फुटाएर हेरेका थिए । अण्डा खान चाहि योग्य होइन, त्यहाँको निष्कर्ष रहेको थियो । बजार अनुगमन समितिका संयोजक पौड्यालले ल्याव परीक्षण गरिने बताए ।
दमकका शेक्षिक अगुवा टेकनाथ भण्डारीले यसको ल्याव परीक्षण गरिनु पर्ने बताएकाछन् । कुखुराको अण्डा पकाउदा किचन सबै गन्हाउछ । बिग्रीएको लोकल अण्डा फुटाउदै बमिट आउने गरि गन्हाउछ तर यसमा त केहि नै गन्ध आउदैन, कसरी बिग्रेको भन्न सकिएला, उनले भने ।
हामीले पनि अण्डा हेर्यौ, यी अण्डा बिग्रीएका होईनन्, बिग्रिएको अण्डाको पनि गन्ध आउछ तर यी काचो फुटाउदा तथा अम्लेट बनाउदा समेत कुनै गन्ध आएन, यसको ल्याव परीक्षण हुनुपर्छ, भण्डारीको माग छ । भारतीय टिभि च्यानल तथा अनलाईनह्ररुमा नन्कली अण्डाको बिषयमा ३ देखि ५ बर्ष अघि थुप्रै समचारहरु बनेको पाईएको छ । यस बिषयमा अण्डा उत्पादक, उपभोक्ता तथा सम्बन्धित सरोकारवाला निकायहरुको ध्यान जान जरुरी रहेको छ ।
यस बिषयमा छापिएका बिभिन्न समचारहरु र गुगलमा भेटिए अनुसार नक्कली र सक्कली अण्डा छुट्याउने केहि विधिहरु रहेकाछन् । जुन यस प्रकार छ-
– सक्कलीको तुलनामा नक्कली अण्डाको बोक्रा केही कडा हुन्छ । बोक्राको भित्री भागमा रबर जस्तो लाइनिङ हुन्छ ।
– नक्कली अण्डालाई औंलाले बिस्तारै हिर्काउँदा ट्वाकट्वाक आवाज सुनिन्छ, जुन आवाज सक्कलीको तुलनामा सानो हुन्छ ।
– अण्डालाई फुटाएर केही समयको लागि छोडिदिनुभयो भने अण्डाको सेतो र पहेँलो भाग केही समयमै मिल्न थाल्छन् । त्यसो भएमा त्यो नक्कली अण्डा हो ।
– नक्कली अण्डा उसिनेर पाकेपछि पनि पानीमा डुब्दैन । यसलाई कैयौं दिनसम्म बाहिर राख्दा पनि न यसमा झिँगा बस्छ, न त कमिला नै लाग्छ ।
– यदि त्यो नक्कली अण्डा हो भने अम्लेट बनाउन प्यानमा हाल्नासाथ पहेँलो भाग प्यानको वरिपरि फैलिन थाल्छ । जबकि सक्कली अण्डालाई प्यानमा हालेपछि नचलाउँदासम्म पहेँलो भाग एक ढिक्का भएर बसिरहन्छ ।
यस्ता अण्डा सोडियम अल्जिनेटलाई तातोपानीमा मिसाएर त्यो मिश्रणमा जिलेटिन, ऐलम तथा बेन्जोइक नामक तत्व मिसाएर बनाइन्छ ।
अण्डाको भित्रको पहेंलो भाग तथा बाहिरको सेतो भाग तयार गर्न पनि यही मिश्रणको प्रयोग गरिन्छ । पहेंलो भाग बनाउन मिश्रणमा पहेलो रंगको प्रयोग बढी गरिन्छ । अण्डाको बोक्रा बनाउन भने क्याल्सियम क्लोराइडको प्रयोग गरिन्छ ।
