दमकमा कोरोना पोजेटिभ देखिएकी महिलाको यस्तो छ ट्राभल हिस्ट्रि, क्वारेन्टाइनमा मानिसहरु थपिदै
विष्णुप्रसाद पोखरेल
दमक/ झापा दमक १ की एक महिलामा कोरोना पोजेटिभ देखिएपनि डराउनु पर्ने अवस्था नरहेको जनाईएको छ । उनि कुवेतबाट आएकी हुन् । एयरपोर्टबाट सिधै आवश्यक सावधानी सहित दुरी कायम राखेर उनलाई नेपाली सेनाले उद्धार गरेर दमकको क्वारेन्टाइनसम्म ल्याएको थियो ।
क्वारेन्टाइनमा पनि हामीले दुरी कायम गरेर नै राखेको थिईयो, दमक नगरपालिकाका स्वास्थ्य शाखा निरीक्षक बद्रि बरालले भने । क्वारेन्टाइनमा पनि उनलाई सामाजिक दुरी कायम हुने गरी राखिएको थियो, उनले भने ।
क्वारेन्टाइन ब्यवस्थित भएको र क्वारेन्टाइनमा कोरोना संक्रमण एकबाट अर्कामा फैलने सम्भावाना दमकमा कम रहेको पनि उनले जनाए । ति महिलाबाट अन्यमा सर्ने अवस्था पनि देखिदैन, उनले भने । अन्यत्र क्वारेन्टाइनमा नै कोरोना संक्रमण फैलिएको घटनाहरु सार्वजनिक भइरहेकाछन् ।
दमकको क्वारेन्टाइनमा विदेशबाट आउने थप मानिसहरु पनि आँउदैछन् । क्वारेन्टाइनमा ल्याएपछि उनिहरुको पिसिआर परीक्षण हुनेछ । पिसिआर परीक्षणको रिर्पोट आएपछिमात्र घर पठाउने सरकारको नीति रहेको बताईदै आएको छ ।
हामी उच्च शर्तकता अपनाएर स्वास्थ्यमन्त्रलायको मापदण्ड अपनाएर क्वारेन्टाइन सञ्चालन गरिहेकाले समस्या नहुनेमा ढुक्क छौ, बराल भन्छन् ।
दमकलाई सुरक्षित बनाउनका लागि हरप्रयन्त भएको छ, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले भने । दमक सुरक्षित नै छ भन्दा फरक नपर्ला, उनले भने ।
यसमा सबैको सहयोग र साथ पनि चाहिन्छ, नगर प्रमुख ओलीको भनाई छ । सामाजिक दुरी कायम राख्ने र होशियारी अपनाउन पनि हामीले नगरबासीलाई भनिरहेका छौ, उनि भन्छन् ।
