कोरोना संक्रमण रोकथाम र विकास निर्माण अब संगैसंगै-हिक्मत कार्की
दमक / प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीले कोरोना भाईरस संक्रमण रोकथाम तथा उपचारका लागि सबैको सहकार्य आवश्यक रहेको र प्रदेशका जनताका स्वास्थ्य सुरक्षामा कुनै कमी हुन नदिने बताएकाछन् ।
झापाको गौरादहमा गौरादह नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्ततीकरण कार्यक्रमका प्रमुख अतिथि रहेका कार्कीले कोरोना संक्रमण रोकथामका लागि प्रदेश सरकारले अथक रुपमा काम गरिरहेको जनाए ।
मन्त्रि कार्कीले अब कोभिड अर्थात कोरोना भाइरस रोकथामको कामसंगै विकास निर्माणलाई पनि अघि बढाउन लागि पर्नु पर्नेमा जोड दिए । जनताको चाहाना अनुसार विकासका कामहरु पनि अघि बढ्छन र बढाउन आवश्यक छ, उनले भने । कार्कीले गौरादह क्षेत्रको विकासमा पनि आफ्नो पर्याप्त ध्यान जानेमा जोड दिए ।
कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहले आँउदो बर्षको नीति तथा कार्यक्रम पेस गरेका थिए ।
