२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/  दमक नगरपालिका र दमक उद्योग बाणिज्य संघले दमकका ब्यापारीहरुलाई बारम्बार रुपमा उच्च स्वास्थ्य सावधानी अपनाएरमात्र ब्यापार ब्यवसाय गर्नका लागि सार्वजनिक रुपमा बारम्बार अपिल गर्दै आएको छ । सामाजिक दुरी कायम राख्न, पसल अगाडि साबुनपानीले हात धुने ब्यवस्था मिलाउन, हुयाण्डसेनिटाइजरको ब्यवस्था गर्न, माक्स अनिवायए लगाउनका लागि पनि भनिरहेको छ ।

तर ब्यापारीहरुले यसलाई हदैसम्म लापरवाही गरिरहेको पाईएको छ । दमकमा १० प्रतिशत पसल तथा ब्यवसायीहरुले पनि आधारभूत मापदण्ड पालना गरेको पाईएको छैन । अझ दमकको शब्जि बजारमा त झनै बेहाल अवस्था देखिएको छ । जसले गर्दा दमकमा कोरोना संक्रमणको भय सिर्जना भएको छ ।

दमकमा २ जनामा कोरोना संक्रमण देखिएको छ । यद्यपी समुदायस्तरमा कोरोना संक्रमण देखिएको छैन । यसले गर्दा अहिलेसम्म दमक सुरक्षित नै रहेको छ । अब भारतबाट आउने क्रम र बैदेशिक रोजगारबाट फर्कने क्रम शुरु भएकाले होशियारी अपनाउन आवश्यक रहेको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली जसले स्वास्थय सावधानी अपनाएको छैन र आधारभूत रुपमा साबुनपानीले हातधुने ब्यवस्था गरेको छैन त्यहाँ किनमेलमा नजान सुझाव दिन्छन् । उपभोक्ता पनि अब सचेत बन्नुपर्छ र त्यस्ता पसलहरुमा किनमेलमा जानु हुन्न, उनले भने ।