२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ पछिल्लो समयमा दमक सहित झापामा अर्ग्यानिक उत्पादन (बिषादी रहित उत्पादन) घरघरमा भनेर निक्कै चर्चा भयो । लकडाउनका कारण धेरैले मगाएर पनि खाए । दमकमा कहि कतै पनि ब्यवसायीक रुपमा प्याज लगाईएको छैन तर महिनाभन्दा बढि समय अग्र्यानिक प्याज भनेर पनि बेचियो । त्यो पनि बजार मूल्यभन्दा निक्कै महगो ।

कम बिषादी प्रयोग गरेर वा बिषादी प्रयोग नगरी उत्पादन गरियो होला तर अर्ग्यानिक उत्पादन भनेर कहाँ कस्ले प्रमाणित गर्यो र त्यसलाई शत प्रतिशत अग्र्यानिक भनेर विक्री बितरण भयो यो सोचनिय रहेको छ । कतिपय उपभोक्ताहरुले यस बिषयमा निक्कै गुनासो पनि गरेको पाईएको थियो ।

दमक नगरपालिकाले दमकमा अर्ग्यानिक उत्पादनमा जोड दिदै आएको छ । यसका लागि कामहरु पनि अघि बढाएको छ । यद्यपी उत्पादनलाई अर्ग्यानिक हो होइन भनेर जाँच गरेको छैन । यसका लागि ल्याव निर्माण अन्तिम चरणमा पुर्याएको छ । प्रयोगशाला चाँडै शुरु हुने जनाईएको छ ।

अर्ग्यानिक उत्पादन भनेर बजार तथा घरगाँउबाट शब्जि किनेर तथा संकलन गरेर विक्री वितरण गरिएका केहि प्रमाणहरु पनि फेला परेकाछन् । उपभोक्तालाई ढाँट्ने र  यस्तो झुट गरिनु हुन्न । कम बिषादी प्रयोग वा किसानको उत्पादनलाई उपभोक्तासम्म पुर्याउनु भने जायज काम हो ।

अग्र्यानिक उत्पादनको मापदण्ड पनि होला । शत प्रतिशत अग्र्यानिक भनिएपछि त्यो कहि न कहि प्रमाणित पनि भएको हुनुपर्छ होला । जसले जहाँ जसरी उत्पादन गर्यो त्यसलाई अग्र्यानिक हो भनेर दाबी गरेर उपभोक्तासम्म ल्याउनु जायज होला ? यस बिषयामा सरोकारवाला निकायहरुको ध्यान जानु जरुरी छ ।