२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

झापामा आइतबार एक बालिकासहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अर्जुनधारा नगरपालिकामा तीन, मेचीनगर नगरपालिकामा दुई र कनकाई नगरपालिकामा एक जनामा कोरोना पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १८९ पुगेको छ ।

अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनमा बसेका दुई बर्षीया बालिका, २२ बर्षीया उनका आमा र अर्को एक २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरू भारतको विहारबाट जेठ २७ गते काँकडभिट्टाबाट स्वदेश फर्किएको नगर स्वास्थ्य कार्यालय अर्जुनधाराले जनाएको छ । क्वारेनटाइनमा बसेका तीन जनाबाहेक अन्य २४ २४ जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । त्यस्तै मेचीनगरमा कोरोना संक्रमण पुष्टि भएका दुवै जना पुरुष हुन् । मेचीनगर वडा नम्बर ६ बस्ने ३३ वर्षीय र वडा नम्बर ५ बस्ने ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

दुवै जना भारतबाट जेठ ३० गते काँकडभिट्टा नाकाबाट स्वदेश फर्किएका हुन् । उनीहरूलाई बाल कल्याण माविको क्वारेन्टाइनबाट स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि पठाइएको थियो । त्यसैगरी कनकाई नगरपालिका ७ बस्ने ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । कतारबाट आएका उनलाई कनकाईको दलित भवनको क्वारेनटाइनमा राखिएको थियो ।

यता कोरोना सङ्क्रमितहरूलाई कोरोना अस्पताल लैजाने तयारी भइरहेको जनाइएको छ । जिल्लामा हालसम्म कचनकवलमा १२८, गौरीगञ्जमा १७ जना, बाह्रदशीमा ७ जना, बुद्धशान्ति, अर्जुनधारा, मेचीनगर र भद्रपुरमा पाँच पाँच जना, कनकाई, गौरदाह र हल्दिबारीमा चार चार जना, दमक दुई जना, कमल, शिवसताक्षी र झापा गाउँपालिकामा एक ए