दमक रतुवा खोलामा ४ लेनको आकर्षक आर्क ब्रिज अर्थात ‘सिग्नेचर पुल’ बन्ने
दमक/झापा दमकमा रतुवा खोलामा सिग्नेचरपुल अर्थात आर्कब्रिज बन्ने भको छ । देशभर दसवटा ‘सिग्नेचर पुल’ निर्माण हुनेमा झापाको रतुवाखोला पनि यसमा समावेश भएको छ ।
सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ भनिने गरेको छ । पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक मानिने भएकाले यो योजनालाई महत्वका साथ हेरिएको छ ।
दसवटा आकर्षक पुल निर्माण गर्न विश्व बैङ्कसँग ऋण सहयोग सम्झौता भइसकेको सडक विभागको भनाई छ । यसको विस्तृत अध्यन बिज्ञहरुबाट भइरहेको र नयाँ आर्थिक बर्षबाट निर्माणको प्रक्रिया समेत शुचारु हुने बताईन्छ ।
नारायणी नदी (चितवन), विजयपुर खोला (कास्की), रतुवा खोला (दमक), गछियाखोला (मोरङ), तमोर नदी (धनकुटा सडक, धरान), बाग्मती नदी (शङ्खमूल, काठमाडौँ), तिनाउ नदी (बुटवल), रोहिणी नदी (भैरहवा), बकैया नदी (मकवानपुर) र बाग्मती नदी (सर्लाही–रौतहट)मा ‘सिग्नेचर पुल’ निर्माण हुन लागेको हो ।
‘सिग्नेचर पुल’को निर्माण लागत अन्य साधारण पुलको भन्दा महँगो हुन्छ । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिने ‘सिग्नेचर पुल’ चार लेनको तथा बाँकी पुल दुई लेनको हुने छ । ‘सिग्नेचर पुल’ निर्माणका लागि विश्व बैङ्कसँग १२ अर्ब रुपियाँ बराबरको ऋण सहयोग सम्झौता भइसकेको पन बताइन्छ ।
