झापाको बिर्तामोडमा पनि २ जनामा कोरोना पुष्टि, झापाका सबै स्थानीय तहमा भेटियो कोरोना पोजेटिभ
बिर्तामोड । अहिलेसम्म कोरोना संक्रमण फेला नपरेको झापाको बिर्तामोडमा दुई जना युवामा कोरोना भाईरस संक्रमण पुष्टि भएको जनाईएको छ । उनीहरु भारतबाट आएर बिर्तामोडको क्वारेन्टाइनमा रहेका थिए ।
बिर्तामोड ५ र ७ नम्बर वडाका दुई जनामा पुष्टि भएको सामाजिक बिकास मन्त्रालय प्रदेश १ ले जनाएको छ । योसंगै झापाका सबै स्थानीय तहमा कोरोना संक्रमण भएको पाईएको छ ।
