सचेत बनौ- झापामा १३ जना कोराना संक्रमित थपिए, २ सय नाघ्यो
दमक/ झापाका १३ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् । यो संगै झापामा कोरोना संक्रमितको संख्या २ सय नाँघेको छ । देशभर ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको र यसमा झापाका १३ जना रहेको बताईन्छ।
झापाको बिर्तामोडमा २, मेचीनगर ३ , बुद्धशान्ति ६ र हल्दिवारीमा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाको भनाई रहेको छ । नेपालमा कुल संक्रमितको संख्या १० हजार ९९ सय पुगेको छ ।
