२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमक नगरपालिकाले लकडाउनको मारमा परेका ब्यवसायीहरुका लागि केहि हदसम्म भएपनि राहत घोषणा गरेको छ । लकडाउनमा घरवहालकर नलिने घरधनीलाई घरवाहलकर छुट दिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको पाईएको छ । आँउदो आर्थिक बर्षका लागि घरवहालकर पनि घटाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण को महामारीका कारण नेपालभर २०७६ साल चैत्र ११ गते देखि लक डाउन हुदा करिव ४ महिना अवधि भर व्यापार, व्यवसाय, उद्योग, कल कारखानामा प्रभावित भएको भन्दै कर छुट गर्ने भनिएको छ ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले प्रस्तुत थरेको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार व्यवसाय कर बुझाउन वाँकी करदाताहरुका लागि खाद्यान्न, औषधि, तरकारी, दुग्ध व्यवसाय, हाडवेयर र फलफुल व्यवासायलाई १० प्रतिशत र वाँकी अन्य व्यवसायको हकमा वार्षिक करमा २५ प्रतिशत छुट दिईनेछ ।

बहालकरको हकमा घरधनीले बहाल छुट दिएको प्रमाण पेश गरेमा सो अवधिको बहाल कर छुट दिईनेछ । नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार बहाल तथा व्यवसाय कर बुझाई सकेको भए सो प्रतिशतलाई २०७७र०७८ को करमा मिलान गरिनेछ। नगरपालिकाले बहालमा लगाएका पसलकवलहरुको ३ महिनाको बहाल रकम छुट दिईने छ ।

नगरपालिकाका कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार आँउदो आर्थिक बर्षदेखि घरवहालकर २ प्रतिशत लिने ब्यवस्था मिलाईएको छ । वहालकरको वास्तविक मूल्याङ्नमा २ प्रतिशत लिईने छ । यसभन्दा अघि १० प्रतिशत लिने नगरपालिकाको नीति रहेको थियो ।