दमक नगरपालिकाद्धारा एम्बुलेन्स सेवाको दररेट कायम, दमक नगरभित्र ३ सयभन्दा बढि लिन नपाउने
दमक/ झापाको दमक नगरपालिकाले एम्बुलेन्स सेवाको दर रेट कायम गरेको छ । जस अनुसार अब सम्बन्धित पालिका क्षेत्रभित्र ३ सय रुपियाभन्दा बढि लिन पाईने छैन । एम्बुलेन्स सेवा शुल्क तोक्दै यस्तो सार्वजनिक गरेको हो ।
नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटसंगै यो सार्वजनिक भएको हो । एम्बुलेन्सले
झापा जिल्लाभित्र कच्चि सडकमा प्रति किलोमिटर २५, पक्की सडकमा प्रति किलोमिटर २२, झापा जिल्ला बाहिर प्रति किलोमिटर १८ रुपिया तोकिएको छ । कच्ची पहाडिबाटोमा प्रतिकिलोमिटर ५० रुपिया तोकिएको छ ।
यहाँ सञ्चालन भएका एम्बुलेन्सहरुले अब यो भन्दा बढि सेवा शुल्क लिनपाउने छैनन् । किलोमिटर गणनागर्दा दुबैतर्फ गणना हुने पनि बताइन्छ ।
