२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै दमकमा कोरोना संक्रमित हुनेको संख्या ६ पुगेको छ । शुरुवाती चरणमा दमकमा एकजनामा कोरोना संक्रमण देखिएको थियो ।

त्यसपश्चात कसैमा पनि संक्रमण रहेको थिएन । एकसाता अघि दुवइबाट आएकी एक महिला र दमक ४ मा होम क्वारेन्टाइनमा रहेका एक ब्याक्तिमा कोरोना पोजेटिभ पाईएको थियो ।

शुक्रबार थप ३ जनामा संक्रमण भएपछि संक्रमितको संख्या ६ पुगेको छ । एकजना भने निको भएर घर फर्केकाछन् । तीनै जना क्वारेन्टाइनमा रहेको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नगर स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत नगेन्द्र भट्टराईका अनुसार दमक ३, ८ र ९   का हुन् । उनिहरुको अवस्था सामान्य रहेको छ ।

क्वारेन्टाइन ब्यवस्थापन समितिका सचिव कुवेर भट्टराईका अनुसार क्वारेन्टाइनमा रहेका सबैको स्वाब परीक्षणका लागि पठाईएकोमा रिर्पोट आएका मध्ये ३ जनामा पोजेटिभ आएको हो ।

दमक चिसापानी सडक निर्माणमा कार्यरत रहेको अवस्थामा मृत्यु भएका एक ब्याक्तिको पनि स्वाब परीक्षण गर्न पठाईएकोमा त्यो रिर्पोट नेगेटिभ आएको जनाईएको छ ।