२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ दमकका ६ सहित झापामा कोरोना संक्रमितको संख्या २ सय २१ पुगेको छ । शुक्रबार दमकमा ३ सहित झापामा ४ जना नयाँ संक्रमित पुष्टि भएको छ । कुबेत र भारतबाट आएका चार झापालीमा कोरोना संक्रमण देखिएको पुष्टि भएको हो ।

शुक्रवार दमक नगरपालिकाका २ जना पुरुष, १ जना महिला र मेचीनगरका एक पुरुषमा संक्रमण देखिएको हो । दमककी महिला कुवेतबाट आएर क्वारेन्टाइनमा बसेकी थिइन् ।

यो भन्दा अघि पनि कुवेतबाट फर्केकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । दमकमा समुदायस्तरमा कोराना संक्रमण नरहेकाले डराउनु पर्ने अवस्था नरहेको बताईन्छ ।