झापामा उदाहरण बनेको हल्दिबारीमा बबण्डर, अध्यक्ष र उपाध्यक्षबीच शुरु भयो दोहोरी
प्रभावकारीन्यूज डेक्स
दमक/ झापाको हल्दिबारी गाँउपालिका झापामा नै राम्रो र उदाहरणिय काम गर्ने गाँउपालिकाको नाममा चिनिएको थियो । यहाँका नीति तथा कार्यक्रमहरु अरुका लागि सिकाई हुनसक्ने खालका नै रहेका थिए र हुने गरेका थिए । यहाँका जनप्रतिनिधिहरुको र विशेष गरेर अध्यक्ष तथा उपाध्यक्षबीचको समझदारीको पनि प्रशंशा नै हुने गरेको थियो । फरक पार्टीबाट जितेर पनि त्यो बाहिर देखिएको थिएन ।
दूइदिन अघिदेखि हल्दिबारी अध्यक्ष रबिन्द्र लिङदेन र उपाध्यक्ष डम्बर गिरीबीच आएको फाटोबाट अचम्मित भएको देखिएको छ । नीति तथा कार्यक्रमको बिषयलाई लिएर निक्कै ठुलो लफडा भएको छ । आरोप प्रत्यारुप शुरु भएको छ । एक अर्कामाथि आक्रमण भएको भनिएको छ । अध्यक्षले उपाध्यक्षलाई र उपाध्यक्षले अध्यक्षले आक्रमण गरेको भनेर आरोप लगाईएको छ ।
नीति तथा कार्यक्रमको बिषयमा पनि रोइलो शुरु भएको छ । अध्यक्ष लिङदेले नीति तथा कार्यक्रम पास नभएको र फेरी सभाले पास गर्ने दाबी गरेकाछन् । उपाध्यक्ष गिरीले कानून सम्मत तरिकाले नीति तथा कार्यक्रम पास भएको जनाएकाछन् । उनले आवश्यक प्रक्रिया र कानून पालना गरेर नीति तथा कार्यक्रम पास गरेको पनि दाबी गर्दै आएकाछन् ।
बहुमत भएकोले नेकपाका सभासदहरुले पेलेर जान खोजेको र आफुमाथि आक्रमण गरेको लिङदेनको दाबी रहेको छ । लिङदेनले घाइते भएको भन्दै अस्पतालमा उपचार गराएको फोटो पनि सामाजिक सञ्जालमा बाहिर आएको थियो । यसको प्रतिबाद गर्दै गिरीले सभाबाट बाहिरिएर स्थानीय चिया दोकानमा पसेर चिया खाँएर गफ हाँकेको भन्दै घाइते भएको नाटक मञ्चन भएको भन्दै त्यसको प्रतिवाद पनि गरेकाछन् ।
