झापामा थप एक सुत्केरी महिला सहित २ जनामा कोरोना संक्रमण पुष्टि
दमक/ झापामा थप एक सुत्केरी महिला सहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । दुबै जना हल्दिबारी गाँउपालिकाका हुन् ।
झापामा २ सहित आज नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १२ हजार ७७२ पुगेको छ ।
