२०७८ बैशाख २७, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ११ महिना अगाडि

दमक/ लायन्स क्लव अफ दमक गोल्डको पद हस्ताण्तरण कार्यक्रम भएको छ । गोल्डका संस्थापक अध्यक्ष काशि खातीले प्रथम उपाध्यक्ष रिङकुमार आचार्यलाई पद हस्ताण्तरण गरेकाहुन् । आज दमकमा एक कार्यक्रमबीच पद हस्ताण्तरण भएको हो । यो अवधिमा भएका कार्यक्रमहरु सार्वजनिक गर्दै भएको पद हस्ताण्तरणमा उपस्थित लायन्स लिडरहरुले क्लवले छोटो समयमा गरेको प्रगतीको खुलेर प्रशंशा गरेका थिए ।

सो अवसरमा क्लवका संस्थापक अध्यक्ष समेत रहेका खातीले आफुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै प्रति आभार प्रकट गर्दै लायन्स अभियानमा आफु सधै लागि पर्ने प्रतिबद्धता जनाए । पदभार ग्रहण गर्दै आचार्यले आफु क्लवको गरिमालाई उच्च बनाउन सबैसंग सहकार्य गर्दै अघि बढ्ने उल्लेख गरे ।

लायन्स लिडर एवं चिफ बबरजंग थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लायन्स लिडरहरु अजय अग्रवाल, प्रहर क्षेत्री, पवन अधिकारी, रामचन्द्र बराल लगायतले शुभकामना मन्तब्य राखेका थिए । उनिहरुले क्लवले उदाहरणिय कार्य गरेको भन्दै प्रशंशा पनि गरे ।