२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ रोटरी क्लव अफ दमकको इतिहासमा पहिलो पटक महिलाले अध्यक्षको जिम्मेवारी पाएकीछन् । आजबाट उनको कार्यकाल शुरु भएको छ । दमककी स्वास्थ्य ब्यवसायी शान्ता नेपाल ( ढकाल)ले अध्यक्षको जिम्मेवारी पाएकीहुन् ।

रोटरी इन्टरनेशन डिस्ट्रिक ३२९२ अन्तरगतको रोटरी क्लव अफ दमकमा उनि लामो समयदेखि नै बिभिन्न पदमा रहेर काम गर्दै आएकी थिइन् ।

ढकालले आफुले रोटरी क्लव अफ दमकलाई समुदायस्तरमा पुर्याउन हरसम्भव प्रयत्न गर्ने बताएकीछन् ।

उनले यो जिम्मेवारी प्रदान गर्नेहरुप्रति पनि आभार प्रकट गरेकीछन् । ढकाल रोटरी क्लव अफ दमकको आठौ अध्यक्ष हो । निर्वतमान अध्यक्ष सन्दिप चापागाई रहेका थिए ।