दमकको छिमेकी नगरपालिका उर्लाबारीमा पनि भेटियो एकजनामा कोरोना संक्रमण, झापामा २० जना थपिए
दमक/ झापामा २० जना नयाँ कोरोना संक्रमित फेला परेकाछन । छिमेकी नगर उर्लाबारीमा पनि एकजना कोरोना संक्रमित फेला परेको जनाईएको छ । आजको पछिल्लो विवरण अनुसार प्रदेश एकमा २६ जना नयाँ कोरोना भाइरस संक्रमित थप भए ।
१४ जना महिला र १२ जना पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको भनाई छ।
झापाको मेचीनगर नगरपालिकामा ६ महिला र एक पुरुष, बुद्धशान्ति गाँउपालिकामा २ महिला र ३ पुरुष, गौरादह नगरपालिकामा ३ महिला ४ पुरुष, गौरीगञ्ज गाँउपालिका १ पुरुष रहेकाछन् । मोरङको उर्लाबारी नगरपालिका र केराबारी गाँउपालिकामा एक क पुरुषमा कोभिड १९ पुष्टि भएको बताईन्छ ।
पछिल्लो विवरण अनुसार यससंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ।
