२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमक र आसपासमा रहेका लायन्स क्लवहरुले एकता प्रर्दशन गर्दै एकसाथ दमकमा ४ हजार विरुवा रोपेकाछन् । दमकस्थित हम्सेदुम्से सामुदायिक वनमा आज ४ हजार विरुवा रोपिएको बताईएको छ ।

लायन्स क्लव अफ इन्टरनेशनल मल्टिपल चियर पर्सन राजन खत्रीको उपस्थितिमा भएको बृक्षारोपणमा दमकका १६ वटा र लखनपुरको १ वटा गरेर १७ वटा क्लव आयोजक रहेका थिए ।

खत्रीले यति ठुलो बृक्षारोपण आयोजना गरेको भन्दै यसको संयोजन गर्ने तथा यसमा लाग्ने क्लवहरुलाई धन्यवाद दिएका थिए । लायन्स क्लवले वातवरणको क्षेत्रमा काम गर्दै आएको र यो एउटा उदाहरण भएको उनको भनाई थियो ।

यसले यहाँका लायन्स क्लवहरुको एकतालाई देखाएको छ, एरिया चिफ अजय अग्रवालले भने । सबै यहाँका क्लवहरुले एकीकृत रुपमा काम गर्दा यसको सन्देश पनि राम्रो गएको र काम पनि ठुलो भएको अग्रवालको भनाई रहेको छ ।

कार्यक्रम संयोजक पवन अधिकारी रहेका थिए । दमक सहित आसपासका क्षेत्रका लायन्स लिडरहरुको उल्लेख्य सहभागिता रहेको थियो ।