आगामी निर्वाचन सम्म सरकारको नेतृत्वको हकदार कमरेड केपि नै हुनुहुन्छ-हिक्मत कार्की
हिक्मत कार्की
भरखरै एकीकृत भएको नेकपा पार्टी भित्र प्राय:३/३ महिनामा पद प्रतिष्ठाको निम्ती भईरहेको घर झगडा शोभनिय देखिएन। सरकारको नेतृत्व र पार्टी अध्यक्ष परिवर्तन गर्न राजिनामा मागेको भन्ने अनौपचारिक खबरहरु आएका छन । मेरो बुझाईमा यो सत्य होईन र नहोस भन्ने पनि छ। यदि हो भने किमार्थ पनि यो ठिक कुरा र उपयुक्त समय पनि होईन।कमरेड केपि ओलि नेतृत्वको सरकारले बिकाश निर्माणका कामहरु राम्रै ढंगले अघि बढाएको छ । नोबल कोरोना भाईरस (Covid 19) नियन्त्रण को सन्दर्भमा धेरै शक्तीशाली र बिकशित मूलुक भन्दा राम्रो ब्यबस्थापकिय क्षमता देखाएको छ ।
साथै नेपालको अतिक्रमित भूमि फिर्ता गर्न संबैधानिक , कानूनी र संसदिय भुमिका पुरा गर्दै नेपालको ईतिहासमा निक्कै समयपछि बृहद राष्ट्रिय एकतालाई प्रदर्शन गर्न सक्षम देखिएको छ र अरु थुप्रै बिषय र सन्दर्भमा नेपाली जनता लाई देश बिकाश र संम्बृद्दी प्रती आशाबादी समेत बनाएको छ । कमरेड केपि ओलिको अध्यक्ष भएर पार्टीले संबिधान सभा बाट लोकतान्त्रिक संबिधान , चुनावी बाम तालमेल , संसदिय निर्वाचनमा संघ , प्रदेस र स्थानीय तहमा पुर्ण बहुमत प्राप्त गरेको छ , साथै पार्टी एकता प्रकृया समेत टुङ्याएको छ्। यि माथी उल्लेखित सरकार र पार्टी ले र पार्टी का तर्फ बाट मुलुकले प्राप्त गरेका उपलब्धि नेपालको ईतिहासमा करिब ७ दशक पछि प्राप्त भएका ऎतिहासिक उपलब्धी हुन ।
यस्तो बेला कुनै गम्भिर गल्ती नगरी एक कार्यकाल समेत पुरा नगर्दै राजिमामा मागिनु र हरेक दुई तिन महिनामा सरकारका काम लाई ओझेल मा पार्ने गरि र देश लाई नै पुन: राजनैतिक अस्थिरता तर्फ लैजाने गरि अस्वस्थ बहस गरिनु हुन्न । तपाई शिर्ष नेतृत्वमा रहनु भएका आदरणीय कमरेडहरु केपि शर्मा ओलि , पुष्पकमल दहाल (प्रचण्ड ), माधब नेपाल लगायत नेताहरु बस्नुस गम्भिर छलफल गर्नुस मिडिया र सार्वजनिक नगर्ने गरि आ- आफ्ना स्थान र कार्यशैली बाट उत्पन्न कमिकमजोरी संच्याउदै अगाडी बढने अठोट अनि कार्यकर्ता र जनता सामु प्रतिबद्धता गर्नुस । हठात सरकार र पार्टी को नेतृत्व परिबर्तन गर्ने कसरत गर्नु राम्रो होईन ।
आगामी निर्वाचन सम्म सरकारको नेतृत्व को हकदार कमरेड केपि नै हुनुहुन्छ। किनकी पार्टीका कामको नेतृत्व गर्न कमरेड पुष्पकमल दहाल ( प्रचण्ड ) लाई कार्यकारी भएर गर्न र यो अबधी को निम्ती सरकारको नेतृत्व कमरेड केपि ओलि ले गर्ने भन्ने पुर्बनिर्णित कार्यबिभाजन छदैछ । आदरणीय कमरेड माधब नेपाल , कमरेड जेएन खनाल , कमरेड बादेब गौतम लाई केहि थप्न सकिने जिम्मेवारी भए अझै थपौ । अनि पार्टी निति तय गर्न नेतृत्वका थप ब्यबस्थापन गर्न आगामी ०७७ चैत्र मसान्त भित्र महाधिवेशन गर्ने पुर्ब पार्टी निर्णय लाई कार्यन्वयन गर्न लागौ । अहिले सम्म हेर्दा हाम्रा अघि पार्टी एकताको स्पिरिट , कार्यकर्ता को भावना , नेपाली जनताको बिश्वास यहि नै हो । अन्यथा नगरौ ।
हाम्रा प्राप्त उपलब्धि निक्कै महत्वपूर्ण छन । यिनि माथी तुसारापात गर्ने जनाता लाई निराशा बनाउने काम नगरौ । हाम्रो राष्ट्रिय आकांक्षा “संमृद्द नेपाल , शुखी नेपाली ” पुरा गर्न नेकपा एकता बद्द हुन आबश्यक छ । आदरणीय र प्रीय नेताहरु लाई आ-आफ्ना कमिकमजोरि संच्याउदै , एक अर्का प्रती आदरभाव र सम्मान गर्दै , एकताबद्द भएर अघि बढनु बिनम्र आग्रह गर्दछु । पार्टी नेतृत्वका निम्ती महाधिवेशन र सरकार नेतृत्वको निम्ती संसदिय निर्वाचन नजिकिदैछन । बास रहे बासुरी बन्ने छ ,” नरहे बास नबजे बासुरी ” नहोस । हामि सबै लाई चेताना भया । ०७७ असार १८ गते बिहिबार ।
(हिक्मत कार्की नेकपाका नेता एवं प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रि हुनुहुन्छ )
