२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा कोरोना जाँचका लागि ल्याव राख्नका लागि प्रारम्भिक चरणको काम शुरु भएको छ । दमक नगरपालिका श्रोतका अनुसार आइओएमले सञ्चालन गरेको ल्यावको बिषेसज्ञद्धारा निरीक्षण गरिएको बताईएको छ ।

भुटानी शरणार्थीहरुको पुर्नवासको क्रममा स्वास्थ्य जाँचमा प्रयोग गरिको विश्वस्तरीय ल्याव दमकमा रहेको थियो । त्यहि ल्यावमा उपकरणहरु थप गरेर पिसिआर जाँच गर्न सकिने यसभन्दा अघि बारम्बार भनिदै आएको थियो । नगरपालिकाले यसका लागि पहल गर्र्दै आएको छ ।

यदि दमकमा पनि पिसिआर जाँचका लागि ल्याव भएको अवस्थामा झापामा ३ वटा पिसिआर ल्याव जाँच रहनेछन् । भद्रपुरस्थित मेची अस्पतालमा पिसिआर मेसिन राख्न्का लागि पिसिआर जाँच गर्ने मेसिन खरिद प्रक्रिया नै शुरु भएको छ ।

सामुदायिक स्तरबाट प्रदेश सरकारमातहतमा कन्काईस्थित कोहिहोममा पनि ल्यावको तयारी भएको छ । एकका लागि एक अभियानले यसका लागि सहयोग जुटाउदैछ । झापा प्रदेश १ मा सबैभन्दा बढि कोराना संक्रमण भएको जिल्ला हो ।

दमकमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समुदायस्तरमा भने अहिलेसम्म कोरोना संक्रमण फैलिएको छैन । छिमेक अर्थात नजिकै गौरादह र गौरीगन्जमा भने क्वारेन्टाइनमा रहेकाहरुमा धमाधम कोरोना संक्रमण देखिदै आएको छ ।