२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

सन्तोष दुलाल

पार्टी एकताको विकल्प,फेरि पनि सुदृढ पार्टी एकता नै हो । हामीले एकताका बाकी कार्यभार पूरा नगरि,स्पष्ट सैद्धान्तिक कार्यदिशा तय नगरी यो वा त्यो बहानामा विवाद निकाल्नु कसैको हितमा छैन,अझ भनौ कम्युनिस्ट घटकलाई त सामान्य छुट सम्म पनि हुदैन ।

बिधमान गतिरोध तत्काल अन्त गरि एकतालाई अझै फराकिलो ढङ्गले अगाडि बढाइ स-साना समुहमा अल्मल्लिएका कम्युनिस्ट पार्टीहरुलाइ फराकिलो सोच राखेर एकतामा ल्याउन जरुरी छ,तब मात्र हामिले देखेको समाजवाद सम्भव छ ।

कम्युनिस्ट पार्टीको आफ्नै विशिष्ट किसिमको मुल्य,मान्यता छ, जसमा आधारित भइ तिनै तहका सरकारहरु चल्नुपर्दछ,जसको जवाफदेहिता देश,जनता र कार्यकर्तामा आधारित रहन्छ तब मात्र पार्टी एकता सुदृढ बन्छ ।

हिजो जुन जगमा पार्टी एकता घोषणा गरियो,जुन जगमा दुई तिहाइ नजिक जित हासिल गरियो,त्यसको रक्षा गर्नु दुबै अध्यक्षको कर्तव्य हो ।

(दुलाल नेकपाका युवा नेता हुन्)