रतुवाले बगाउदा एकजनाको ज्यान गयो
झापाको कमल गाँउपालिकामा रतुवा खोलाले बगाउदा एकको ज्यान गएको छ । कमल गाँउपालिका ५ टुक्रेका पुष्प राईको बगाएर मृत्यु भएको हो । सोहि ठाँउमा खोलाले बगाएर ल्याउदै गरेको दाउरा झिक्ने क्रममा बगाएर मृत्यु भएको बताईएको छ ।
त्यहाँ प्रहरी टोली गएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख बिजयराज पंण्डितले बताए ।
